यसरी भयो दशैको दिनमै उपप्रधानमन्त्री विजय गच्छदारको ‘पत्ता साप’
POSTED ON : October 24, 2015, IN : News

bijayagachyaफोरम लोकतान्त्रिक रौतहट जिल्ला नेतृत्वद्धारा पार्टी परित्याग

कुविक एनपी न्युज 
कात्तिक : सत्ता साझेदार दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको दशैंकै दिन ‘पत्ता साप’ भएको छ ।
फोरम लोकतान्त्रिक रौतहटका अध्यक्षसहित जिल्ला कार्य समिति र भातृ संगठनले संयुक्त रुपमा पार्टी परित्याग गरेपछि अध्यक्ष विजय गच्छदारलाई दशैंमा अर्को झट्का लागेको हो ।
उनीहरुले संयुक्त रुपमा दशैंको दोस्रो दिन शुक्रबार पार्टी परित्याग गरेका छन् । एकलौटी ढंगबाट पार्टी सरकारमा सामेल भएको भन्दै असन्तुष्ट जिल्ला नेतृत्वले संयुक्त रुपमा पार्टी परित्याग गरेको रौतहटका अध्यक्ष अजय गुप्ताले जानकारी दिनुभयो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसहित तीन जना सरकारका मन्त्री छन् । अध्यक्ष गच्छदार र केन्द्रीय नेताहरुले पार्टीमा कुनै सरसल्लाह नगरी एकलौटी ढंगबाट मधेस आन्दोलनलाई लात हानेर सरकारमा सामेल भएको आरोप लगाएका छन् ।
जिल्ला नेतृत्वले गौर बैरगनिया जोडने पुलमा रहेको धर्ना स्थलबाटै राजिनामा दिएका हुन् । कार्यसमिति अध्यक्ष, सहसचिव, कोषाध्यक्ष र सदस्यहरु समेत तथा पार्टीका शिक्षक, युवा, दलित र किसान सँगठनका अध्यक्ष विभिन्न क्षेत्रका क्षेत्रिय अध्यक्षहरुले समेत सयौं नेता कार्यकर्ताले पार्टी परित्याग गरेको उहाँले जानकारी दिनुभयो ।
यसअघि पनि फोरम लोकतान्त्रिकका केन्द्रीय महासचिवसहित सयौं नेता कार्यकर्ताले पार्टी परित्याग गरिसकेका छन् । सयौं नेता कार्यकर्ताको पार्टी परित्यागले गच्छदारको राजनीति ‘पत्ता साप’ हुने अवस्थामा पुगेको हो ।

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.