निर्वाचन कार्यालयमा अज्ञात समूहले राखेको सकेट बम फेला
POSTED ON : November 19, 2017, IN : News

सिधा न्युज डटकम 
मलेखु : जिल्ला निर्वाचन कार्यालय धादिङ परिसरमा अज्ञात समूहले राखेको सकेट बम आज फेला परेको छ । कार्यालय अगाडि प्रहरीको निगरानी भइरहने स्थानमा सकेट बम फेला परेको हो ।

कार्यालयको ढोकामै राखिएको बम फेला परेपछि सुरक्षाकर्मी परिचालन गरी पुछार बजार क्षेत्रलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । निर्वाचन बहिष्कार गर्ने नेकपाले बम राखेको केसीको भनाइ छ ।

कार्यालयमै बम भेटिएपछि त्यहाँको कामसमेत प्रभावित भएको छ । बम निष्क्रिय पार्न नेपाली सेनाको टोलीले प्रयास गरिरहेको छ ।

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.