नेपाल भारतसँग शुन्यका विरुद्ध दुई गोलअन्तरले पराजित
POSTED ON : June 7, 2017, IN : Sports News

सिधा न्युज डटकम 
काठमाडौं : एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाल भारतसँग पराजित भएको छ ।

भारतस्थित मुम्बईको अधेँरी स्पोर्टस् कम्प्लेक्समा आज भएको अन्तर्राष्टिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग शुन्यका विरुद्ध दुई गोलअन्तरले पराजित भएको हो ।

खेलको पहिलो मध्यान्तरसम्म गोल हुन नदिएको नेपालले मध्यान्तरपछि दुई गोल खान पुग्यो । खेलको ५९ औँ मिनेटमा भारतका सन्देश झिगनले पहिलो गोल गरे भने खेलको ७८ औँ मिनेटमा अर्का खेलाडी जेजेलाल पेखुलले एक गोल थपें ।

यता खेलको ६७ औँ मिनेटमा नेपालका कप्तान विराज महर्जनले रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि नेपाल १० खेलाडीमा सीमित बनेको थियो । भारतकै निमन्त्रणामा नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलेको हो । लेबनानसँगको मैत्रीपूर्ण खेल रद्ध भएपछि भारतले नेपाललाई निमन्त्रणा गरेको थियो । रासस

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.