मोरङका विद्यार्थीले बनाए हावाबाट चल्ने रिक्सा,आगो निभाउन उडेर जाने ड्रोनको समेत निर्माण
POSTED ON : July 30, 2017, IN : Technology

सिधा न्युज डटकम 
मोरङ,  साउन :मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मनमोहन स्मृति पोलिटेक्निकका विद्यार्थीले हावाबाट चल्ने अटो रिक्सा बनाएका छन् ।

 

मेकानिकल विभागमा अध्ययनरत विद्यार्थीले एक वर्षकोसमय लगाएरबनाएका उपकरणहरु सार्वजनिक गर्दै एक्सिलेटर भएको साइकल र हावाबाट चल्ने नमुना उपकरण देखाएका छन् ।

मेकानिकलका विद्यार्थीले बनाएको हावाबाट चल्ने क्षमता भएको अटो रिक्साले सबैलाई आकर्षण गरेको छ । विद्यार्थीले हावाबाट चल्ने अटो रिक्सामा बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द माझीलाई घुमाए पनि ।

हालसम्म पाइडलबाट ठेलेर कुदाउने, ब्याट्रीबाट चल्ने तथा ईन्धनबाट चल्ने रिसक्साहरु मात्र बजारमा उपलब्ध थिए । तर मनमोहन पोलिटेक्निकका विद्यार्थीले भने हावाबाट चल्ने रिक्सा बनाएका छन् ।

विद्यार्थीले अटोरिक्सा आफैले एक लाख रुपैयाँ खर्च गरेर उक्त रिक्सा बनाएका हुन् । ४ जना चढ्न मिल्ने रिक्सा बनाउन उनीहरुलाई एक वर्ष लागेको पोलिटेक्निकले जनाएको छ ।

विद्यार्थीहरुले सामान ओसार्ने मेसिन, एक्सिलेटरबाट कुदाउन मिल्ने साइकल समेत बनाएका छन् ।

तीन डाईरेक्सनबाट सामान बोक्ने सवारी बनाएर नयाँ मेकानिक्समा नयाँ नयाँ उपलब्धी हासिले गरेको विद्यार्थीको दावी छ ।
यस्तै ईलेक्ट्रिकल अन्तर्गतका विद्यार्थीले बैकल्पिक उर्जा प्रबद्र्धनात्मक सबै उपकरण जडित भवन, फ्याक्ट्रीमा मेसिन चलिरहँदा तत्कालै ९एक सेकेण्डमै० मेसिन रोकिने उपकरण पनि बनाएका छन् ।

इलेक्ट्रोनिक्स डिपार्ट अन्तरगतका विद्यार्थीले जासुसी ड्रोन बिमान, सेक्युरिटी होम, रिमोट कन्ट्रेल बेश फायर मेसिन, कही आगलागी भयो भने आगो निभाउन उडेर जाने ड्रोन निर्माण गरेर प्रबिधिमा फड्को मारेका छन् ।

विद्यार्थीले बनाएका उपकरणले घरमा हुने ग्यास लिक, आगलागी हुन सक्नेखतराको संकेत पहिले नै मोबाइलमा जानकारी दिने खालका उपकरण जडान गरेका छन् ।

यस्ता उपकरण संचालन गर्नका लागि भने मोबाइल इन्टरनेट चलाउन मिल्ने खालको हुनुपर्ने विद्यार्थीले जनाएका छन् ।
१ सय ९२ जना विद्यार्थीले आफ्नो प्रोजेक्ट अन्तरगतका कार्यक्रम तयार पारेका थिए ।

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.