नेपाल आइडलमा विवादित रामकृष्ण ढकाललाई क्याप्टेन विजय लामाका ७ टिप्स
POSTED ON : August 31, 2017, IN : Entertainment

सिधा न्युज डटकम 
काठमाडौं, भदौ । गायक रामकृष्ण ढकाल अहिले विवादमा छन् । नेपाल आइडलको टप ५ औं राउण्डमा जज बनेका ढकालले निशान भट्टराईको प्रशंसा गरेपछि उनी विवादमा तानिएका हुन् । धेरेले यसलाई ‘बाहुनवाद’सँग पनि जोडेर हेरे ।

यसरी देशकै चर्चित गायकको आलोचना भइरहेका बेला क्याप्टेन एवं अभिनेता विजय लामाले पनि प्रतिक्रिया दिएका छन् । उनले ‘जज’ निष्पक्ष हुनुपर्ने भन्दै ‘जज’को कुर्सीबाटै कुनै एकको पक्ष लिनु राम्रो नभएको बताएका छन् । उनले विवादित गायक ढकाललाई ७ वटा टिप्स पनि दिएका छन् ।

यस्तो छ क्याप्टेन लामाको प्रतिक्रिया जस्ताको तस्तै:

केही दिनअघि रामकृष्ण ढकालले नेपाल आइडलबारे दिनु भएको प्रतिकृयाले एक किसिमको तरङ ल्याएको छ, नेपालमा ।

सबैले आ-आफ्नो बिचार ब्यक्त गर्दै गरेको पाइन्छ, सामाजिक सन्जालहरुमा। धेरैजसोले आक्रोश पोखेका छन भने कोही-कोहीले चाहिँ न्युट्रल भएर लेखेका छन् ।

यसो हेर्दा मलाइ यसबारेमा टीका टिप्पणी गर्नु भन्दा एउटा निर्णायक प्यानल सदस्य (जज) भएर निभाउनुपर्ने मर्यादाको बारेमा चाहिँ चर्चा गर्न चाहन्छु।

नेपाल आइडल होस या कुनै पनि कार्यक्रममा ‘जज’हरुलेः

) प्रतिस्पर्धीहरुलाई तिमी भन्नु राम्रो होइन ।
२) ‘जज’ गर्दा होस या प्रतिकृया दिदा निष्पक्ष हुनु जरुरी हुन्छ ।
३) कुनैलाई मात्र राम्रो भनेर अरुलाई चाहिँ नकार्न मिल्दैन ।
४) सबैलाई हौसला दिनुपर्छ नकि आफ्नो प्यारोलाई मात्र।
५) सल्लाह सुझाब दिदा सकारात्मक ढङले प्रस्तुत गर्नुपर्छ ताकी प्रतिस्पर्धीहरु उठ्न सकुन र राम्रो प्रस्तुति दिन सकोस।
६) एक अर्का प्रतिस्पर्धीबीच तुलना गर्नु मिल्दैन।
७) वाक स्वन्तन्त्रता छ भन्दै जे पनि बोल्न मिल्दैन पब्लिक मिडियामा।

यी सबै कुरामा ध्यान दिने हो भने या दिएको भए यत्रो विवादमा नै पर्दैन थियो होला, राम भाई ।

हाम्रो भन्दा राम्रोले जित्नुपर्छ, कुनै जात या ठाउँको आधारमा हैन सहि ब्यक्तिले जित्नुपर्छ ।

जय चन्द्र सूर्य !

 

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.