एक कोरियन शिक्षिका पक्राउ १२ बर्षीय आफ्नै बिधार्थी संग अबैध सम्बन्ध राखेको आरोपमा
POSTED ON : August 31, 2017, IN : Image Slide

सिधा न्युज डटकम 
सोल : निम्न माध्यमिक तहमा अध्यनरत १२ बर्षीय पुरुष बिधार्थी संग अबैध सम्बन्ध राखेको आरोपमा एकजना कोरियन शिक्षिका पक्राउ परेकी छन् l ति बिधार्थीको मोबाइलमा शिक्षिकाको अर्ध नग्न तस्बिर हरु उनका बाबुआमाले फेला पारेपछि प्रहरी लाइ खबर गरेका थिए l उनको मेसेज बक्समा समेत शिक्षिकाले पठाएका अस्लिल मेसेज हरु फेला पारेका थिए l

३२ बर्षीय ति शिक्षिकाले बालक संग गत जुन यता पटक पटक यौन सम्बन्ध राख्दै आएको प्रहरी अनुशन्धानमा खुलेको छ l

उनले कोहि नभएको मौका पारि कक्षा कोठा तथा आफ्नै गाडीमा समेत पटक पटक यौन सम्बन्ध कायम राख्दै आएको दक्षिणी ग्याङ्साङ्ग प्रान्तीय प्रहरीलाई बताएकी छन् l अनुशन्धानको क्रममा शिक्षिकाले दुबैजनाको सहमतिमा सम्बन्ध राखेको बताएकी छन् l

कोरियाको कानुनमा १३ बर्ष भन्दा मुनिका बालक संग सहमतिमै यौन सम्बन्ध राखेपनि कारबाही हुने गर्दछ l उनलाई स्कूल प्रशासनले जागिर बाट निष्कासन गरेको छ भने बालक लाइ मनोबैज्ञानिक उपचारको लागि पठाइएको छ l

सन् २०१० मा पनि एकजना कोरियन शिक्षिका आफ्नै बिधार्थी संग यौन सम्बन्ध राखेको आरोपमा पक्राउ परेकी थिइन् तर ति बालकको उमेर १३ बर्ष भन्दा माथि भएको कारण उनलाई कुनै पनि कारबाही भएको थिएन l

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.