दरबारमार्गमा २४ सय पर्ने जुत्ता २७ हजारमा बिक्री हुने गरेको खुलासा, सरकारले गर्यो शिलबन्दी १ हजार पर्ने कपडा ५ हजारमा विक्री गर्ने फन्दामा
POSTED ON : September 4, 2017, IN : Business

सिधा न्युज डटकम 
काठमाडौं,  भदौ :  राजधानीको पर्यटकीय सहर दरबारमार्गमा ११ गुणा बढी मूल्य लिएर ग्राहकलाई ठग्ने गरेको पाइएको छ ।

आपूर्ति मन्त्री शिबकुमार मण्डलसहित आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा दरबारमार्गका ब्राण्डेड स्टोरले ११ गुणा बढी मुल्य लिने गरेको भेटिएको हो ।

अनुगमनका क्रममा दरबारमार्गमा रहेको पुमा, नाइके, बिन्टले र स्टोर वानमा १ हजार पर्ने कपडा ४ देखी ५ हजार, २४ सय रुपैया पर्ने जुत्ताहरु २७ हजार रुपैयाँसम्म लिने गरेको पाइएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले जानकारी दिए । ‘व्यापारको नाममा लुटतन्त्र फस्टाएको रहेछ, यो सरासर कालोबजारी हो,’ उनले भने– ‘ग्राहक लुट्न पल्केका चार वटै स्टोरमा शिलबन्दी गरेका छौं । अनुसन्धान गरी थप कारवाही अगाडि बढाउँछौं ।’

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहालले शिलबन्दीमा परेका व्यवसायीलाई सम्पूर्ण कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको जानकारी दिए । ‘सबै कागजात नभेटिए छानबिन गरी मुद्दा दायर गर्छाैं,’ उनले भने ।

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.