राजपाका अध्यक्षले नै पार्टी परित्याग गरे, माओवादी केन्द्रमा पाए टिकट
POSTED ON : September 6, 2017, IN : News

सिधा न्युज डटकम 
गौशाला,  भदौ : आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि महोत्तरी जिल्लाका राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका एक सदस्यले सो पार्टी परित्याग गर्नुभएको छ ।

राजपा महोत्तरी जिल्ला अध्यक्ष मण्डलमा तराई मधेश सद्भावना पार्टी (महेन्द्र राय) तर्फबाट जिल्ला अध्यक्षका रुपमा रहनुभएका नरेन्द्र यादवलाई राजपाले टिकट नदिएपछि उहाँले सो पार्टी परित्याग गर्नुभएको हो ।

उहाँले पार्टी परित्याग गरेलगत्तै नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ भने गएराति माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ महोत्तरीको औरही नगरपालिकामा पुगेर उहाँलाई पार्टी प्रवेश गराउनुभएको छ ।

साथै, गएराति नै औरहीमा एक सभाको आयोजना गर्नुहुँदै नेता बादलले उहाँलाई औरही नगरपालिकाको उम्मेदवार बनाउनुहुँदै पार्टीका तर्फबाट प्रमुख पदका लागि टिकटसमेत दिनुभएको थियो । रासस

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.