श्रीमतीले श्रीसम्पत्ति उडाउँदा…
POSTED ON : September 7, 2017, IN : News

सिधा न्युज डटकम
पछिल्लो समयमा सामाजिक सञ्जालमा सबैभन्दा बढी गाली खानेमा महिला अधिकारवादी भएका छन्। उनीहरूको त नामै रहेको छ, ‘डलरवादी।’ वर्षौंदेखि महिलामाथि हुने विभिन्न प्रकृतिका हिंसाको विरुद्धमा कलम चलाउँदै आउँदा पंक्तिकार स्वयंले भोग्दै र अनुभव गर्दै आएका शाब्दिक हिंसाको बयान गरिसाध्य छैन भने दाताको सहयोगमा महिला अधिकार क्षेत्रमा काम गर्नेहरूको हकमा झन् कस्तो सोच राखिन्छ होला, त्यो भनिरहनु पर्दैन।

महिलाका अलिकति पनि कमजोरी भेटिए या महिलाले पुरुषप्रति गरेका घात वा बेइमानीका समाचारहरू भेटिए भने ‘कहाँ गए अधिकारवादी/डलरवादी महिला ? ‘ भनेर कोकोहोलो मच्चिन्छ। कुनै अधिकारवादी महिलाले कुनै महिलालाई पुरुषको विरुद्धमा खडा हुन निर्देशन दिने तथा परिवार र समाज भाँड्ने काम गर्छे होला ?

 

देशमा जति राजनीतिक परिवर्तन भए पनि आर्थिक विकासको गति सुस्त नै रह्यो। राज्यसत्तामा पुग्नेहरू सधैं सत्ता कसरी टिकाउने भन्ने खेलमै व्यस्त हुने र प्रतिपक्षी कसरी सत्ता गिराएर त्यहाँ पुग्ने भन्ने दाउमै रम्ने प्रवृत्तिका कारण देश झन्झन् ओरालो लाग्दै तारेभीरमा पुगिरहेको छ, ऊर्जाशील जनशक्ति रोजीरोटीको लागि आफ्नो जायजेथा र स्वाभिमान बन्धकी राखेर खाडीमा पसिना बगाउन विवश छ,

तर राज्य सञ्चालनको ठेक्का लिएका दलका नेताहरूलाई युवा बहिर्गमनको लर्कोले ढुक्कको सास फेर्न पाएको महसुस हुन्छ। न ‘रोजगार दे’ भन्दै कोही कराउन आउँछ, न नारा, न जुलुस, न विरोध। रोजगार दिने ‘मेनपावर कम्पनी’ छँदैछन्, देश रेमिटेन्सले चलेकै छ। ढुक्कले सत्ताको खेल खेल्यो, भत्ताले रमायो बस् !

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.