श्रीकृष्णको वर्ण किन निलो थियो ?
POSTED ON : September 10, 2017, IN : Tips & Tricks

सिधा न्युज डटकम 
कृष्णको प्रत्येक छविमा निलो रंग अवस्य देखिन्छ । भनिन्छ, उनको वर्ण निलो थियो । एक व्यक्ति वा व्यत्तित्वको रुपमा उनीसँग किन यो निलो रंग जोडिन्छ ? यो रंगको विशेषता के छ ? जान्नुहोस् ।

 

तपाईलाई थाहा छ, यो संसारको जुनसुकै चीज पनि तपाईको सोचबाहिर छ , विशाल छ । त्यस्तै यो निलो रंगको अर्थ पनि विशाल बन्न आउँछ । निलो छ, चाहे त्यो आकाश होस् वा समुन्द्र । अनि त्यसैगरी, श्री कृष्ण भगवानको निलो छवि पनि विशाल छ, सोच बाहिर छ ।

भगवान कृष्णको शरीरको रंग निलो मानिन्छ । यसको अर्थ उनको छालाको रंग निलो थियो भन्ने होइन । जो व्यक्ति जागरुक थियो, उनलाई आफ्नो ऊर्जाको निलोपनले देखे र उनको वर्णन निलो वर्णको रुपमा गरियो ।

कृष्णको स्वाभाव नै यस्तो थियो कि उनी सबैलाई एकसाथ अघि बढाउन चाहान्थे । उनी विशाल थिए । श्रीकृष्णको प्रभावमंडलको सबैभन्दा बाहिरी आवरण नै निलो थियो भन्न सकिन्छ, त्यसैले उनमा गज्जबको आकर्षण थियो । यो गज्जबको आकर्षणको कारण उनको पातलो नाक वा सुन्दर आँखा हुँदै होइन ।

राम्रो कद, कपाल, शरीर भएको एउटा पुरुषमा त्यो आकर्षण गर्ने क्षमता हुँदैन, जसमा जो कोही लठ्ठिनन् । कृष्णमा देखिएको निलोपन अथवा भनौँ सबैलाई सम्मोहित गर्ने क्षमता यस्तो थियो कि उनको दुश्मन पनि हार मान्न तयार हुन्थे । जुन क्षमतालाई निलो वर्णको रुपमा वर्णन गरिन्छ ।

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.