आजको राशिफल::

आज एकादशीव्रत ! भाद्र २ गते शुक्रबार को राशिफल हेर्नुहोस्
आज श्री शाके १९३९ बि.स. २०७४ साल भाद्र २ गते शुक्रबार इश्वी सन २०१७ अगस्त १८ तारीख भाद्र कृष्ण पक्ष एकादशी तिथी ०८:१९ बजे सम्म पश्चात द्वादशी तिथी चन्दमा मिथुन राशिमा सूर्य दक्षीणायन बर्षा ऋतु, एकादशीव्रत – ज्यो. प. सरोज घिमिरे
rasifal2017

………………………………………………………………………………………………………………………………………………

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :   

दाजुभाई तथा ईष्ट मित्र बिचको सम्बन्धमा सामान्य खराबि देखा पर्नेछ । मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ । कुराकाट्ने ब्यक्ति हरुबाट भने सजग रहनु होला ।

********************************************************************************************************************************

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :

शारिरीक अस्बस्थाका कारण कार्य सम्पादनमा सामान्य झन्झट ब्यर्होनु पर्नेछ । बाणिका कारण आफन्त जनहरु रुष्ट रहनेछन । पठनपाठनमा राम्रो समय रहेको छ । भोजभतेरमा सरीक हुने अबसर प्राप्त हुनेछ । खराब संगतका कारण कार्य क्षेत्रमा साधारण अपजस आईपर्ने सम्भाबना रहेको छ ।

***************************************************************************************************************************************

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :

मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । पारीबारिक सम्बन्धमा सुधार आउनेछ । सामान्य कार्यका निम्ति धेरै श्रम खर्चनु पर्नेछ । प्रिय मित्रजनको भेटघाटले मन हर्शित रहनेछ ।स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला ।

***********************************************************************************************************************************

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :

आफ्नु लापरवाहिले धनमालको क्षति हुन सक्नेछ । शारिरीक आलस्यताले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ ।

***************************************************************************************************************************************

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :

मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेकोछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पारीवरिक शुःख प््राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ

***********************************************************************************************************************************

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :

ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । कार्य सम्पादन गर्न बढी परीश्रम र समय ब्यतित हुन सक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आलस्यता ले सताउने छ ।

***************************************************************************************************************************************

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :

लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । अपरीपक्क निर्णयले तपाई लाई गलत साबित गर्न सक्नेछ ।

***************************************************************************************************************************************

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :

बिश्वासीलो ब्यक्तिहरु बाट धोका हुन सक्नेछ । खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अप्जस सहनु पर्ला ।

***************************************************************************************************************************************

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :

अरुद्वारा सम्पादीत कार्यबाट यथेष्ट फाइदा लिन सकिनेछ । बाक चातुर्यताको कारण नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । प्रतीष्ठीत व्यक्तीसगको संगतले व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ ।

************************************************************************************************************************** ***********

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :

तपाईका शुभ चिन्तक हरुको सङख्या बढ्नेछ भने शत्रुपक्क्ष कमजोर हुनाले बिघ्नबाधाहरु हट्नेछन् । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ ।

***************************************************************************************************************************************

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :

प्राकृतीक स्रोत साधनको परिचालनबाट यथेष्ट लाभ लिन सकिनेछ । बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । बिद्या क्षेत्र भने अधुरो रहनेछ । पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ ।

***************************************************************************************************************************************

मीन (दि, दु, थ, झ, ञ,  दे, दो, च, चि) :

गैर बिश्वसनिय कुराको पछि लाग्नाले कार्यमा झमेला उत्पन्न हुनेछ । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला ।

****************************************************************************************************************************************

तपाइको फेसबुक वालमा सधै राशिफल थाहा पाउन यहाँ क्लिक गरी लाइक ग्रनुस <>Sidhanews.com

Exchange Rate
Useful Links
LATEST UPDATE